Comments Add Comment

‘बन्धक’ बनाएको शव अस्पतालद्वारा फिर्ता

उपचार खर्च २८ हजार मिनाहा

१७ फागुन, विराटनगर । उपचार खर्च तिर्न नसक्दा म्याक्स इन्टरनेशनल अस्पताल विराटनगरमा ‘बन्धक’ भएका एक दम्पत्ति बिहीबार मध्यरातमा घर फर्किएका छन् ।

उपचार खर्च तिर्न नसक्दा अस्पतालले उपचारका क्रममा मृत्यु भएका चार दिने शिशुको शव र आमाबुबालाई अस्पतालमै रोकेर राखेको थियो ।

२८ हजार रुपैया तिर्न नसक्दा शिशुको शव बन्धक बनाएको समाचार प्रकाशित भएपछि बिहीबार राति साढे ११ बजे अस्पतालले शुल्क मिनाहा गरी शव फिर्ता गरेको हो । अस्पतालले शव दिएपछि बुबा सूर्जा चन्द्रवंशी र आमा वुद्धि चन्द्रवंशी बिहीबार राति घर फर्किएका हुन् ।

सुनसरी बराह नगरपालिका– ९ प्रकाशपुरका १९ बर्षका सूर्जा र उनकी श्रीमती वुद्धिको नवजात शिशुको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार म्याक्स अस्पतालमा भर्ना भएका थिए ।

शिशुको उपचारका क्रममा बिहीबार विहान मृत्यु भएको थियो । उपचारमा ७३ हजार रुपैयाँको बिल उठेको थियो । छिमेकबाट ऋण लिएर ४५ हजार बुझाएका उनीहरुले थप शुल्क बुझाउन नसकेपछि अस्पतालले पैसा नतिरेसम्म घर जान नदिने भन्दै रोकेर राखेको थियो ।

समाचार प्रकाशित भएपछि अस्पतालले राति साढे ११ बजे बिर्ना शर्त घर आउन दिएको सूर्जाले जानकारी दिए । ‘बिहीबार राति साढे ११ बजे घर लैजानलाई शव दिए’ सूर्जाले भने ‘बाँकी पैसा लिएनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment