Comments Add Comment

ताप्सी भन्छिन्–‘म कमर्सियल फिल्म गर्न सक्दिनँ’

बलिउड नायिका ताप्सी पन्नु अहिले आफ्नो नयाँ चलचित्र ‘बदला’ रिलिजको पर्खाइमा छिन् । यस चलचित्रमा ताप्सीले अभिताभ बच्चनसँग स्कृन शेयर गरेकी छिन् । ताप्सी र अभिताभको यो दोस्रो सहकार्य हो । उनीहरुले यस अघि ‘पिंक’ चलचित्रमा सँगै काम गरेका थिए । ‘बदला’मा अभिताभ एक वकिलको भूमिकामा छन् भने ताप्सी अनुसन्धानमा परेकी यूवतीको भूमिकामा छिन् ।

हालै एक अन्तरवार्तामा ताप्सीले चलचित्रमा काम गर्दाको अनुभव शेयर गरेकी छिन् । उनले यो चलचित्रमा काम गर्दा धेरै कुरा सिक्न पाएको र यो चलचित्रबाट आफू निकै आशावादी भएको बताइन् । दुईको केमेष्ट्री मिलाउन गाह्रो हुने भएपनि दर्शकलाई कुनै पनि हालतमा बोरिङ नहुने उनले बताएकी छिन् ।

अन्तरवार्तामा ताप्सीलाई कमर्सिअल चलचित्रको विषयमा प्रश्न गरियो–‘के तपाई अब कमर्सिअल चलचित्रमा काम नगर्ने हो ?’ यसको उत्तरमा उनले कमर्सिअल चलचित्रको अफर आफूले स्विकार नगरेको बोलिन् । उनले भनिन्–‘कमर्सिअल चलचित्रमा काम गर्न धेरै जना नायिकाहरु यहाँ हुनुहुन्छ । जो सुन्दरी भएर राम्रो नृत्य पनि गर्न सक्नुहुन्छ । म त्यसको लागि होइनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment