Comments Add Comment

महायज्ञअघि वीरगञ्जमा निकालियो कलश यात्रा

१९ फागुन, वीरगञ्ज । वीरगञ्जमा अश्वमेध गायत्री महायज्ञ आज शुरु हुँदैछ । यज्ञ शुरु गर्नुअघि कलश यात्रा निकालिएको छ ।

घण्टाघरबाट निकालिएको कलश यात्रा नगर परिक्रमापछि यज्ञस्थल आदर्शनगरस्थित रंगशालामा पुगेर समापन भएको छ । कलश यात्रामा दर्जनौं सहभागी भएका थिए ।

अश्वमेध गायत्री महायज्ञ मुल आयोजक समितिका अध्यक्ष डा. उपेन्द्र महतो, संयोजक विजय कुमार सरावगी लगायतले गायत्री माताको पूजा गरेर कलश यात्रा शुभारम्भ गरिएको थियो ।

महायज्ञका लागि नेपाल र भारतका १० हजार भन्दा बढी व्यक्तिहरु वीरगञ्ज आइसेका छन् । नेपाल तथा भारतका विहार, यूपी, उत्तराखण्ड, झारखण्ड, दिल्ली, हरियाणा, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, गुजरातसहित ४० देशबाट समेत श्रद्धालुहरु वीरगञ्ज आउने दावी गरिएको छ ।

फागुन २० देखि २२ गतेसम्म २५१ हवनकुण्डमा पूजन तथा हवन कार्यक्रम राखिएको छ । एक पटकमा प्रति हवनकुण्डमा ६ जनाको दरले करिब १५ सय जनाले हवन गर्नेछन् ।

चार दिनमा करिब लाखौं सहभागी हुने अपेक्षा गरिएको छ । आगन्तुकलाई निःशुल्क भोजन, आवास तथा औषधोउपचारको व्यवस्था मिलाइएको छ । ठाकुरराम क्याम्पस अन्तर्गतको छात्रवासमा प्रदर्शनी स्थल, सुत्नलाई छात्रावास मैदानमा टेन्ट, धर्मशाला तथा ३ हजार वीरगञ्जवासीले होमस्टेको पनि सुविधा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment