Comments Add Comment

बुटबलमा दोहोरी प्रतियोगिता र साँस्कृतिक महोत्सव सुरु

१९ फागुन, बुटवल । बुटवलमा पाँचौ अर्ना राष्ट्रिय खुल्ला रनिङ शिल्ड प्रतियोगिता तथा साँस्कृतिक महोत्सव शुरु भएको छ ।

कार्यक्रमको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपानेले गीत गाएर शुभारम्भ गरे । बुटवल मण्डपमा शुरु भएको महोत्सव फाुगन २५ गतेसम्म चल्नेछ । यसअघि काठमाडौंमा मात्रै हुँदै आएको राष्ट्रिय खुल्ला रनिङ शिल्ड प्रतियोगिता तथा साँस्कृतिक महोत्सव पहिलोपटक राजधानी बाहिर रुपन्देहीको बुटवलमा शुरु भएको हो ।

देशभरबाट जोसुकैले पनि दोहोरी प्रतियोगितामा सहभागी हुन पाउनेछन् । अहिलेसम्म ५० समूहले नाम दर्ता गरेका छन् । मेलामा १ सय २० वटा स्टलसमेत रहनेछन् । एक हप्तासम्मको मेलामा कम्तीमा करिब ५० हजार दर्शक सहभागी हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा पहिलो हुने समूहले २ लाख, दोस्रोले १ लाख २० हजार, तेस्रोले ७० हजार, र चौथो हुनेले ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उत्कृष्ट गायिका/गायिकालाई १५—१५ हजार पुरस्कारको ब्यवस्था गरिएको छ ।

कार्यक्रमको आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय समिति र सहआयोजना प्रतिष्ठानको रुपन्देही जिल्ला शाखाले गरेका हुन् । दोहोरी प्रतियोगिताकै पारेर मणिमुकुन्द भलिबल क्लबको आयोजनामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता पनि हुनेछ । प्रतियोगितामा १२ जिल्लाका खेलाडीहरुको सहभागिता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment