Comments Add Comment

दिवंगत मन्त्रीका परिवारलाई प्रदेश प्रमुखद्वारा भेट

१९ फागुन, पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीका परिवारलाई भेटेका छन् ।

आइतबार प्रदेश प्रमुख कुँवर मन्त्री अधिकारीको पोखरा–५ मालेपाटनस्थित निवासमा पुगी दिवंगत अधिकारीका परिवारजनलाई भेटी समवेदना प्रकट गरेका हुन् ।

अधिकारीकी पत्नी विद्या अधिकारी, छोरा स्वराजसँग छोटो कुराकानी गर्दै प्रदेश प्रमुख कुँवरले शोकाकुल सबै परिवारजनलाई समवेदना प्रकट गरेका थिए ।

प्रदेश प्रमुख कुँवरले अधिकारीको निधनबाट जनताले एउटा सुयोग्य नेता गुमाएको बताएका छन् । मन्त्री अधिकारीसँग आफ्नो दाजुभाइको जस्तो सम्बन्ध रहेको पनि उनले शोक पुस्तिकामा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment