
२१ फागुन, काठमाडौं । भारतीय समूहले किनेपछि सौर्य एयरलाइन्सले पुनः उडान थाल्ने भएको छ । सोमबार कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने सेवा शुल्कबापतको ५० लाख रुपैयाँ बक्यौता बुझाएको हो ।
यससँगै एयरलाइन्सले फागुन २४ गतेदेखि नियमित उडान थाल्ने भएको छ । ४ करोड भन्दा बढी बक्यौता रहँदा विमानस्थलले गत मंसिर ११ गतेदेखि सौर्यको उडान रोकेको थियो ।
भारतीय कम्पनी कुबेर समूहले केही नेपाली साझेदारसँग मिलेर सौर्य एयरलाइन्स किनेको हो ।
यसअघि सौय एयरलाइन्स बेच्ने सम्झौता भएर पनि स्वामित्व हस्तान्तरण भएको थिएन ।
दिनमा ७ वटा उडान भर्न अनुमति पाएको कम्पनी अब नयाँ व्यवस्थापनका साथ चल्नेछ । सौर्य एयरलाइन्सका बजार व्यस्थापन प्रमुख मुकेश खनालले बक्यौता बुझाउँदै सेवा सञ्चालन गरिने बताएका छन् ।
सौर्यसँग जेट इन्जिनयुक्त जहाज छन् । जसले आन्तरिक हवाई सेवा दिने अनुमपति पाएको छ ।
सौर्यसँग बम्बार्डियर सिआरजे-२०० जहाज सञ्चालन योग्य अवस्थामा छ । हाल विराटनगर, भैरहवा, भऽपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान गर्दै आएको सौर्यले नयाँ जहाजबाट पोखरा, सिमरा, भरतपुर, जनकपुर तथा राजविराजका लागि उडान गर्ने योजना रहेको जनाएको छ ।
आर्थिक संकटमा फँसेपछि कम्पनी समस्यामा पर्दै आएको थियो ।
प्रतिक्रिया 4