+
+

‘ओप्पो एफनाइन’को मूल्य अब ३७ हजार ९९०

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २३ गते ११:४७
२२ फागुन, काठमाडाैं । ओप्पोले ‘ओप्पो एफनाइन’को मूल्य समायोजन गरेको छ । ‘ओप्पो एफनाइन’को बजार मूल्य ४१ हजार ५ सय ९० रुपैयाँ थियो ।
मूल्य समायोजन पछि ३७ हजार ९ सय ९० मा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । नयाँ मूल्य मार्च १ देखि लागू भइसकेको कम्पनीको भनाइ छ ।
समायोजित मूल्यले उपभोक्तालाई सेल्फी गेमको नयाँ उचाई अनुभव गर्ने अवसर दिनुका साथै थप उपभोक्तालाई एफनाइनको अनुभव लिन सहज बनाउने ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताए ।
सन् २०१८ अगस्टमा सार्वजनिक ओप्पो एफनाइन, वाटरड्रप स्क्रिन डिजाइन सहितको उद्योगकै पहिलो ह्याण्डसेट रहेको कम्पनीको भनाइ छ ।
फोनको अधिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ। यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै प्रयोगकर्ताले ठूलो स्क्रिनको प्रयोग गर्न पाउने छ ।
कम्पनीका अनुसार एफनाइनमा रहेको ९०.८ रेसियो सहितको १९.५ :  वाटरड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक लुक्स प्रदान गरेको छ ।  फोनमा क्यामेरा र फ्ल्याश लाइट एकै साथ उपलब्ध गरिएको छ । क्यामेरालाई कम्पनीले फ्रण्ट कोटिङ फिल्म सहित कालो रंगमा पेण्ट गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?