Comments Add Comment

वर्षालाई प्रश्न–‘मिलन चाम्ससँग प्रेम र बिहेको चर्चा के हो ?’(भिडियो कुराकानी)

‘मिलन दाई मेरो अभिभावक’: बर्षा

नायिका वर्षा सिवाकोटी समय–समयमा प्रेम सम्बन्धको चर्चाले रंगिने गर्छिन् । चलचित्र ‘विर विक्रम २’मा जोडिएसँगै उनको नाम यो चलचित्रका निर्देशक मिलन चाम्ससँग जोडिएको छ । चलचित्र बजारको चर्चालाई मान्ने हो भने वर्षा र मिलन गहिरो प्रेम सम्बन्धमा छन् । चलचित्र बजारमा उनीहरुले चाडै नै बिहे गर्दैछन् भन्ने चर्चा पनि नचलेको होइन । तर, यो बिषयमा मिलन र वर्षाले औपचारिक रुपमा मुख खोलेका थिएनन् ।

तर, पहिलो पटक अनलाइनखबरको ‘ओके सेलिब्रिटी शो’मा कुराकानी गर्दै वर्षाले मिलन चाम्ससँगको सम्बन्धको बिषयमा मुख खोलेकी छिन् ।

बर्षासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः

तपाइहरुविच प्रेम रहेको र बिहे नै गर्ने भन्ने चर्चा छ, वास्तविक कुरा के हो भन्ने प्रश्नमा वर्षाले भनिन्–‘एउटै चलचित्रमा काम गरेपछि स्वभाविक रुपमा नाम जोडिन्छ । यो हल्ला मात्र हो ।’ तर, बर्षा यत्तीमा मात्र रोकिइनन् । उनले अगाडि भनिन्–‘विर विक्रम २’ त मैले काम गर्ने भनेको एक बर्ष भन्दा बढी भयो । म केही रिजर्भ छु । मैले आजसम्म जती पनि काम गरेँ, सबै आफ्नै कारणले गरेको थिएँ । तर, यो प्रोजेक्ट आएपछि म एउटा राम्रो टिममा प्रवेश गरेको छु ।’

वर्षाले अगाडि भनिन्–‘उहाँ मेरो अभिभावक हो । मैले यो क्षेत्रमा आफ्नो अभिभावक मान्ने कोही पनि छैन । मैले पहिलो पटक कसैलाई आफ्नो अभिभावक मानेकी छु ।’

तपाइको करिअरमा त अहिले मिलन चाम्सको सल्लाहा मात्र होइन, निर्णय नै चल्छ भन्ने चर्चा छ नी भन्ने प्रश्नमा वर्षाले भनिन्–‘उहाँको निर्णय केही पनि चल्दैन । उहाँको सुझाव भने म लिन्छु । मेरो चलचित्र करिअरको अभिभावक भएको कारणले गर्दा पनि मैले उहाँको सुझाव लिने गरेकी छु । ’

‘नाई नभन्नु ल २’ बाट ‘बिर विक्रम २’सम्म आइपुग्दा आफूले मिलन चाम्सलाई मात्र ‘अभिभावक’को रुपमा स्विकार गरेको वर्षाले स्पष्ट पारिन् । उनले अगाडि थपिन्–‘विर विक्रम २’का लागि हामीले धेरै पटक भेट गर्यौ । ‘पुरानो बुलेट’मा काम गर्दा मैले उहाँको सुझाव लिएको छु ।’

चलचित्र ‘पुरानो बुलेट’मा तपाइलाई मिलन चाम्सले सिफारिश गर्नुभएको हो भन्ने प्रश्नमा वर्षाले भनिन्–‘सिफारिश त किन गर्नुहुन्छ र ? तर, उहाँको सुझाव भने थियो । मलाई उहाँले सिफारिश गर्नुहुन्थ्यो भने मैले कती धेरै चलचित्र खेलिसकेकी हुन्थ्यँ होला । किन म ‘विर विक्रम २’ नै कुरेर बस्थेँ होला र ?’

वर्षाले अब आफू एउटा राम्रो टिममा प्रवेश गरेको भन्दै करिअरमा अब आफू ढुक्क भएको समेत स्पष्ट पारिन् । उनले, अब आफ्नो चलचित्र करिअरले नयाँ बाटो समातेको महशुश हुन थालेको पनि वर्षाले खुलाएकी छिन् ।
नायिका सिवाकोटी अभिनित चलचित्र ‘पुरानो बुलेट’ चैत्र १ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment