Comments Add Comment

‘द कपिल शर्मा शो’का ‘लच्छा यादव’सँग निकिता चण्डक

चलचित्र ‘साङ्लो’मा नायक विराज भट्टको जोडी बन्न लागेकी नायिका तथा पूर्व मिस नेपाल निकिता चण्डक भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘द कपिल शर्मा शो’का कलाकार किकु शारदासँग देखिएकी छिन् ।

किकु शारदाको भ्यानेटी भ्यानमा खिचिएको तस्बिरमा उनीहरु दुबै निकै खुशी देखिएका छन् । यो शो मा निकिता अतिथी बनेर पुगेकी हुन् या किकु शारदासँग भेट्न पुगेकी हुन् भन्ने खुलेको छैन । किकु यो शोमा ‘बच्चा यादव’ नामले परिचित छन् ।

उनले आफ्नो इन्स्टाग्राममा पोष्ट गरेको तस्बिरमा किकुलाई धन्यवाद दिएकी छिन् । उनले लेखेकी छिन्–‘हामीले फेरि भेट गर्यौं । मलाई दि कपिल शर्मा शोमा बोलाएकोमा किकुलाई विशेष धन्यवाद ।’

उनले किकु जस्तो साधारण र विनम्र व्यक्ति आफूले अहिलेसम्म नभेटेको भन्दै प्रशंसा गरेकी छिन् । साथै, उनले किकु निकै नै मिहिनेती कलाकार भएको भन्दै प्रशंसा पनि गरेकी छिन् ।

चलचित्र ‘रानी महल’बाट डेब्यू गरेपनि निकिताले यो चलचित्र छाडिसकेकी छिन् । चलचित्रको केही प्रतिशत काम सकिएपछि छायाकंन नै रोकिएको थियो । अब, उनी नायक विराज भट्टसँग जोडी बाँध्न पाउँदा उत्साहित देखिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment