Comments Add Comment

रेशम चौधरीलाई कैदको विरुद्धमा माइतीघरमा प्रदर्शन !

टीकापुर घटनालाई राजनीतिक संवादमार्फत समाधान गर्न माघ

२४ फागुन, काठमाडौं । कैलालीको टीकापुरमा थारु समुदायको आन्दोलनका क्रममा भएको घटनालाई राजनीतिक संवाद र सहमतिका आधारमा समाधान गर्न माग गर्दै थारु समुदायले शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

थारु समुदायको आन्दोलनका क्रममा २०७२ साल भदाैमा टीकापुरमा नेपाल प्रहरीको एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको घटनामा कैलाली जिल्ला अदालतले रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको दुई दिनपछि  शुक्रबार थारु समुदायले प्रदर्शन गरेका हुन् ।

टीकापुरमा थारु समुदायले गरेको आन्दोलनलाई राजनीतिक नभई आपराधिक घटनाको रुपमा ब्याख्या गरी त्यसमा संलग्नलाई जेल सजाय गरेको विरोधमा थारु कल्याणकारिणी सभालगायतका संस्थाले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले राजनीतिक आन्दोलन गर्ने थारु समुदायमाथि राज्यले अन्याय गरेकोसमेत बताए ।

प्रदर्शनमा सहभागीले थारुहरुमाथि दमन बन्द गर, थारु राजबन्दीहरुलाई तुरुन्त रिहा गर, थारु आन्दोलन राजनीतिक हो, आपराधिक होइन लगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा सहभागीले अदालतले टीकापुर घटनामा रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाउनु पनि अन्याय भएको सांकेतिक चित्रमार्फत उल्लेख गरेका थिए । उनीहरुले अदालतको तराजुको संकेत प्रदर्शन गर्दै त्यसले सबैलाई बराबरी न्याय गर्न नसकेको पनि सांकेतिक रुपमा जनाएका थिए ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment