
२६ फागुन, काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) मा आज आइतबारदेखि आवेदन दिन पाइने भएको छ । संस्थाले २ लाख ५२ हजार आईपीओका लागि आइतबारदेखि आवेदन खुला गरेको हो ।
संस्थाको आईपीओका लागि आगामी २९ गतेसम्म आवेदन दिने मिति तोकिएको छ । आईपीओका लागि प्रति कित्ता सय रुपैयाँका दरले न्युनतम् १० कित्तादेखि अधिकतम १ हजार ३ सय ४० कित्तासम्म आवेदन दिन पाइने संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ ।
संस्थाले २ लाख ६९ हजार ६३० कित्ता सेयर मध्ये ४ हजार १४८ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १३ हजार ४ सय ८२ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।
सानिमा क्यापिटलका अनुसार बाँकी रहेका शेयरलाई सर्वसाधारणमा निष्कासन गरिएको छ ।
चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ रहेको यस संस्थाले चालु आर्थिक वर्षको गत पुस मसान्त (६ महिनामा) ६ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जगेडा कोषमा ८ लाख ३५ हजार र खराब कर्जा अनुपात ०.५१ प्रतिशत छ ।
चालु आर्थिक वर्षमा कम्पनीले एक करोड ४२ लाख ६६ हजार, २०७६।७७ मा २ करोड ७५ लाख २५ हजार र आव ०७७।७८ मा ३ करोड ९० लाख खुद नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ ।
प्रतिक्रिया 4