+
+

सुन र चाँदीसहित दुई भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २७ गते १४:०२

२७ फागुन, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाबाट प्रहरीले सुन र चाँदीसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रदेश २ प्रहरी कार्यालयका अनुसार जनकपुरधाम १५ स्थित भित्री सडकखण्डबाट करीब १ सय ग्राम सुन र अन्दाजी २५ किलो चाँदीसहित २ जना भारतीयलाई आइतबार साँझ पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले भारतको मधुवनी जिल्ला वासोपट्टी ग्राम पञ्चायत ४ का ३७ वर्षीय कृष्णकुमार महतो र सोही स्थान बस्ने ३० वर्षीय रूपेश महतोलाई सुन र चाँदीसहित नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा धनुषाको कुवाबाट लोहना हुँदै भारत तर्फ जादै गरेको बीआर ३२ एस ४३५७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्की मुनी लुकाई राखेको सुन र चाँदी फेला पारी दुबैलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?