
२७ फागुन, सप्तरी । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा एक जना युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी २० बर्षीया युवतीको शव कम्मरदेखि तलको भाग पानीमा भएको अवस्थामा फेला परेको हो ।
हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित कोशी व्यारेजदेखि ८ सय मिटर दक्षिणमा फेला परेको हो ।
पहाडे मूलको जस्तो देखिने र घाँटीमा पहेलो धातुको सिक्री लगाएको अवस्थामा ती युवतीको शव फेला परेको र यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
साइकलबाट लडेर मृत्यु
सप्तरीमै एक जना युवकको साइकलबाट लडेर ज्यान गएको छ । अग्निसाइर कृष्णासावरण गाउँपालिका ५ बस्ने डिल्लीराम अर्यालको साइकलबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।
२९ बर्षीय अर्यालले मादक पदार्थ सेवन गरी साईकल चलाइरहँदा घर नजिकैकको पुलबाट खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ । पुलबाट तल खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरतर्फ लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4