+
+
Shares

रवीन्द्र अधिकारीको चुनाव क्षेत्रबारे कुरा भएको छैन : प्रचण्ड

परिवारमा पनि नेतृत्व लिने क्षमता छ

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २७ गते १४:२०

२७ फागुन, पोखरा । हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उनको निर्वाचत क्षेत्र कास्की २ मा हुने उपनिर्वाचनमा को उम्मेदवार हुने भन्ने चर्चा सुरु भएको छ ।

सोमबार पोखरा पुगेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यो प्रश्नको सामना गर्नुपर्‍यो । तर उनले चलाखीपूर्वक उत्तर दिए ।

उनले उपनिर्वाचनमा उम्मेदवार बन्न जिल्ला पार्टी र परिवारको पनि निर्णय चाहिने धारणा राखे । प्रचण्डले स्व रवीन्द्रको परिवार स्वयं राजीतिक पृष्ठभूमिकै भएकाले त्यसबारे पार्टीले निर्णय गर्ने बताए ।

ताप्लेजुङको पुङलिङमा हवाइ दुर्घटनामा परी मृत्यु भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको क्षेत्रमा चुनावबारे पार्टीमा औपचारिक कुरा नभई सकेको पार्टी अध्यक्ष प्रचण्डले प्रष्ट्याएका छन् । उनले बामदेव गौतम उठ्ने कुरा पनि चर्चामात्रै भएको बताए ।

‘यसबारे पार्टीमा कुनै कुरा र चर्चा भएको छैन । बामदेवको कुरामा उहाँले प्रष्टिकरण नै दिइसक्नु भएको छ,’ प्रचण्डले भने, ‘यसबारे परिवार र जिल्ला पार्टीले समेत निर्णय गर्न जरुरी छ ।’ उनले रवीन्द्रका परिवार सदस्य पनि राजनीतिक पृष्ठभूमिकै भएको र नेतृत्व लिन सक्ने क्षमताका भएकाले सबैको सहमतिमा मात्रै निर्णय लिइने बताए ।

प्रचण्डले पार्टी एकतालाई अन्तिम रुप दिन प्रक्रियागत छलफल चलिरहेको जानकारी दिए । उनले भने, ‘ढिलो पक्कै भयो । यसबीचमा कैयौं प्रश्न र अन्यौल पनि सिर्जना भए । तर, माथि ठूलो समस्या परेर भने होइन ।’ केही प्राविधिक कारणले पार्टी एकतालाई अन्तिम रुप दिन ढिलाइ भए पनि केही दिनभित्रै यसको टुंगो लाग्ने उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?