+
+

इनारमा पुरिएका माझीको शव एक दिनपछि निकालियो

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २८ गते १२:३६

२८ फागुन, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, दूरसञ्चार पछाडि निर्माणाधीन घरको इनार खन्ने क्रममा पुरिएका युवाको शव एक दिनपछि मृत अवस्थामा भेटिएको छ ।

माटोको डिस्को भत्किएर पुरिएका सिन्धुली घर भइ हाल चन्द्रागिरी–६ मा डेरा गरी बस्ने राम माझीको शव २६ घन्टापछि भेटिएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तकुमार लामाका अनुसार उनको शव ३० फिटमुनिबाट निकालिएको हो । ‘कमजोर माटो भएको ठाउँमा इनारको रिङ्ग हाल्ने क्रममा दुर्घटना भएको रहेछ’, लामाले भने ।

घटनालगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा शव निकालिएको बलम्बुका प्रहरी निरीक्षक शंकर खड्काले बताए । खड्काका अनुसार मृतकको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?