Comments Add Comment

युएस बंगला दुर्घटनामा मृत्यु भएका विद्यार्थीको माइतीघरमा सम्झना

२८ फागुन, काठमाडौं । बंगलादेशबाट काठमाडौं आउँदै गरेको युएस बंगला एयरको विमान दुर्घटना भएको एक वर्ष पूरा भएको छ ।

गत वर्ष आजकै दिन बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस–बङ्ला एयरलाइन्सको बम्बार्डियर क्यू–४०० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको थियो ।

चालक दलका चार सदस्यसहित ७१ जना सवार विमान दुर्घटनामा परेर २२ नेपाली, २८ बंगाली र एक चिनियाँ नागरिकको मृत्यु भएको थियो । दुर्घटनामा परेका नेपाली मध्ये अधिकांश बंगलादेशमा मेडिकल अध्ययन गर्न गएका विद्यार्थी थिए ।

उक्त दुर्घटनाको एक वर्षपछि मंगलबार दुर्घटनाम मृत्यु हुने नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन गरिएको छ । युवा चिकित्सक संघको आयोजनामा काठमाडौंको माइतीघरमा मैनवत्ती बालेर दुर्घटनामा ज्यान गुमाएका बंगलादेशमा मेडिकल पढ्ने विद्यार्थीको सम्झना गरिएको हो ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment