Comments Add Comment

लाल आयोगको प्रतिवेदन सार्वजनिकको माग गर्दै संसद अवरुद्ध

२९ फागुन, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले टीकापुर घटनाको छानवि गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद बैठक अवरुद्ध गरेको छ ।

बुधबार संसदको बैठक सुरु भए लगतै राजपा सांसदहरुले उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले राजकिशोर यादवलाई बोल्न समय दिए । यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे ।

यादवले सरकारले जबसम्म प्रतिवेदन सार्वजनिक गर्दैन तबसम्म संसदको कारबाही चल्न नदिने बताए ।

उक्त प्रतिवेदन सार्वजनिक गर्न पटक पटक माग गर्दा पनि सरकारले आवश्यकता महसुस भयो भने सार्वजनिक गर्ने भन्नेजस्तो स्वेच्छाचारी अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरे ।

‘प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भन्ने माग गर्दा पनि सुरु सुरुमा कहाँ हो, के हो खोज्नमै ६/७ महिना समय लगायो, अहिले अध्ययन गर्दैछौं भन्ने, आवश्यकता महसुस भयो भने सार्वजनिक गर्ने भन्ने जस्ता स्वेच्छाचारी प्रवृत्ति देखियो’ उनले भने ।

लगतै संसद अवरुद्ध गरेका छन् ।

सभामुख महराले राजपाले उठाएको प्रश्नको विषयमा संसदले सरकारको ध्यानाकर्षण गराइसकेको र गृहमन्त्रीले संसदमै जवाफ दिएको भन्दै अवरुद्ध नगर्न आग्रह गरे । तर राजपा सांसदहरु उठिरहेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ।

सरकारले मधेस तथा थहरुट आन्दोलनमा भएका घटनाबारे छानविन गर्न सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा आयोग बनाएको थियो । तर, आयोगले प्रतिवेदन बुझाएको लामो समयसम्म सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment