Comments Add Comment

विप्लव समूहलाई लगाइएको प्रतिबन्ध फिर्ता लिन क्रान्तिकारी माओवादीको माग

२९ फागुन, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले नेत्र विक्रम चन्द विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाउनु निन्दनीय भएको बताएको छ ।

अध्यक्ष मोहन बैद्य किरणको अध्यक्षतामा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै क्रान्तिकारी माओवादीले भनेको छ, ‘आफूलाई कम्युनिस्ट भनाउने सरकारद्वारा एउटा कम्युनिस्ट समूहमाथि गरिएको फासिवादी व्यवहार निन्दनीय छ ।’

सरकारको निर्णयको कडा विरोध तथा भत्र्सना गर्दै क्रान्तिकारी माओवादीले राजनीतिक समस्याको समाधान राजनीतिक रुपमै गर्नुपर्ने बताएको छ । साथै धरपकड गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोकी प्रतिबन्ध फिर्ता लिन सरकारसँग माग गरेको छ ।

सरकारले मंगलबार साँझ मात्रै विप्लव समूहलाई अपराधिक ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment