Comments Add Comment

अष्ट्रेलियालाई एकदिवसीय सिरिज, घरेलु मैदानमा गुमायो भारतले मौका

Photo Credit : आईसीसी

३० फागुन, काठमाडौं । घरेलु टोली भारतलाई अन्तिम खेलमा पराजित गर्दै अष्ट्रेलियाले एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।

बुधबार राति सम्पन्न पाँचौ तथा अन्तिम खेलमा भारतलाई ३५ रनले पराजित गर्दै अष्ट्रेलियाले सिरिज ३–२ ले जितेको हो । सुरुवाती दुई खेलमा लगातार हार ब्यहारेको अष्ट्रेलियाले उत्कृष्ट पुनरागमन गर्दै सिरिज बाँकी तीन खेल जित्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।

२७३ रनको मध्यम स्कोर पछ्याउँदै ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २३७ रन मात्रै बनाउन सक्यो । भारतका लागि रोहित शर्माले ५६ भुवनेश्वर कुमारले ४६ र केदार जाधवले ४४ रन बनाएपनि अष्ट्रेलियालाई पराजित गर्न सकेन ।

बलिङतर्फ एडम जाम्पाले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २७२ रन बनाएको थियो । अष्ट्रेलियाका लागि उस्मान खवजाले शतक प्रहार गरेका थिए । उनले १०६ बलमा १० चौका र दुई छक्का प्रहार गर्दै १०० रन बनाए भने पिटर ह्यान्ड्सकोम्बले ५२ रन बनाएका थिए ।

बलिङतर्फ भुवनेश्वर कुमारले तीन विकेट लिए । त्यस्तै, मोहम्मद सामी र रविन्द्र जडेजाले समान २–२ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment