Comments Add Comment

वडाअध्यक्षले गरे कार्यपालिका सदस्यमाथि आक्रमण

३० फागुन, बर्दिया । बर्दियाको मधुवन नगरपालिका-१ का वडाध्यक्ष पर्शुराम चौधरीले कार्यपालिका सदस्य धनवीर परियारमाथि हातपात गरेका छन् ।

वडाका सामाजिक परिचालिका हटाइएको विषयमा विवाद भएपछि वडाध्यक्षले कार्यपालिका सदस्य धनवीरमाथि आक्रमण गरेका हुन् ।

फागनु २४ गते नारी दिवसको अवसरमा वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा कार्यपालिका सदस्य धनवीरले काम गरिरहेका सामाजिक परिचालिका हटाइएको भन्दै आपत्ति जनाएका थिए ।

२७ गते कार्यपालिकाको बैठक डाकियो । बैठक सकिनै लाग्दा पुगेका परियारले आफू नगर प्रमुख गणेश केसीसँग छलफल गरिरहेका बेला वडाध्यक्ष चौधरीले एक्कासी हातपात गरेको बताएका छन् ।

वडाध्यक्ष चौधरीले धनवीरमाथि कुर्सीसमेत प्रहार गरेका थिए । हातपात नै भएपछि नगर प्रमुख केसीले छुट्याएका थिए । धनवीरले वडाध्यक्षविरुद्ध कारबाहीको माग गर्दै उजुरी गरेको बताएका छन् ।

वडाध्यक्ष चौधरी तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका हुन भने परियार सोही वडाबाट नेपाली कांग्रेसका तर्फबाट मनोनित कार्यपालिका सदस्य हुन् ।

नेपाली कांग्रेस मधुवन नगर कार्यसमितिले पत्रकार सम्मेलन गरी वडाध्यक्ष चौधरीलाई कारबाही गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment