Comments Add Comment

टुबोर्गले ल्यायो होलीको लिमिटेड एडिसन क्यान

३० फागुन, काठमाडौं । होली पर्वलाई लक्ष्य गर्दै टुबोर्ग बियरले हालै सीमित अवधिको लागी टुबोर्ग होली एडिसन क्यान बजारमा ल्याएको छ । यस सीमित अवधिको विशेष क्यानमा राखिएको निलो र मागेन्टा रङको डिजाईनले होलीको रमाईलो झल्काउँछ ।

रङहरुको चाडलाई ध्यानमा राख्दै क्यानमा राखिएकारङहरुको समिश्रणले टुबोगको हरियो रङमा चमक थपेको छ । गोर्खा ब्रुअरीका मार्केटिङ डाईरेक्टर बैभव शर्मा भन्छन्, ‘टुबोर्गलाई आफ्नो अभिनव प्रस्तुतीको लागी चिनिन्छ र नयाँ होलीको क्यानयसकै एक उदाहरण हो । यस नयाँ सीमित अवधिको क्यानले टुबोगको होलीपर्वसँगको रमाईलो सम्बन्ध झल्काउँछ ।’

उनले थपे, ‘ग्राहकहरुले हाम्रो होली लिमिटेड एडिसनक् यानहरु मन पराउने हुनेछ भनि हामी विश्वस्त छौ र हाम्रो सीमित अवधिका क्यानहरुमा नयाँ क्यान थप्न पाउँदा गर्व छौं ।’

टुवोर्गको होलीको कार्यक्रमहरु देशभरिका शहरहरुमा मनाईदैछ । काठमाडौ, ललितपुर, भक्तपुर, धुलिखेल, किर्तिपुर, किर्तिपुर, भैरहवा, बिराटनगर, बिर्तामोड, बुटवल, दाङ, धनगढी, धुलिखेल, नेपालगञ्ज, पोखरा, नारायणघाट, धरान, ईटहरी, हेटौडा तथा अरु शहरहरुमा टुबोर्गद्वारा प्रायोजित सांगितिक कार्यक्रमहरु हुनेछन् ।

टुबोर्गले सामाजिक सञ्जालहरुमा दुई वटा प्रतियोगिता आयोजना गरेको छ । फेसबुकमा गरिएको प्रोफाईल पिक्चर प|mेम कन्टेस्ट एक हो जसमा, प्रतियोगीहरुलाई देशभरका कार्यक्रमहरुको निःशुल्क टिकट प्रदान गरिन्छ ।

होलीको वातावरणलाई अझै जिवन्त बनाउन प्रोफाईल पिक्चर प|mेम तयार गरिएको कम्पनी बताउँछ ।

सामाजिक सञ्जालमा लोकपि्रय भईरहेको अर्को प्रतियोगिता भने ‘गोल्डेन टिकट’ जित्नको लागि हो । यस कन्टेस्टको विजेताले पनि आफ्नो ईच्छा अनुसारको देशभरका कार्यक्रमहरुको टिकटको साथै निःशुल्क बियर कुपनहरु प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment