Comments Add Comment

फ्राइडे रिलिज : द म्यान फ्रम काठमाडौंसँगै तीन फिल्म

हरेक साताको शुक्रबार कुनै न कुनै नेपाली चलचित्रले आफ्नो प्रदर्शन आरम्भ गरेको हुन्छ । दुई चलचित्र एक साथ रिलिज हुनु त सामान्यजस्तै भइसक्यो । यो शुक्रबार भने तीन नेपाली चलचित्रले एक साथ प्रदर्शन आरम्भ गरेका छन् ।

यस साता रिलिज हुने तीन चलचित्रमा ‘पुरानो बुलेट, जानी नजानी र द म्यान फ्रम काठमाडौं‘ रहेका छन् । ठूलो लगानीमा निर्माण गरिएको ‘द म्यान फ्रम काठमाडौं’लाई नेपालमा निर्माण भएको पहिलो हलिउड चलचित्र भनिएको छ । निर्माता नकिम उद्दिनका अनुसार यसमा ५ करोड रुपैयाँ भन्दा बढी लगानी छ ।

पेमा धोन्डुप निर्देशित यस चलचित्रमा बलिउड, हलिउडसँगै नेपनली कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा गुलसन ग्रोवर, शिशिर बाङ्देल, जोसे म्यानुअल, हमिद शेख, आना शर्मा, कर्मा शाक्य, नीर शाह, आमिर गौतम लगायतको अभिनय रहेको छ ।

भीषण राईको निर्देशन रहेको ‘पुरानो बुलेट’मा अनुपविक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बु लगायतको मुख्य भूमिका रहेको छ । सन्तोष राई कार्यकारी निर्माताका रुपमा रहेको यस चलचित्रको लगानी एक करोड रुपैयाँ भन्दा बढी रहेको निर्माण पक्षको दावी छ ।

त्यस्तै, चलचित्र ‘जानी नजानी’लाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । लामो समय साहायक निर्देशक भएर काम गरेका बसन्तको यो डेब्यु चलचित्र हो । चलचित्रमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता सापकोटा, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसीलगायतको यसमा अभिनय रहेको छ । रेशनी केसीको प्रस्तुतीमा तयार भएको चलचित्रको लगानी २ करोडको हाराहारीमा छ ।

यी तीन वटै चलचित्र आशातित चलचित्र भने हैनन् । शुक्रबार बिहानीको शोमा दर्शकको उपस्थिति पनि एकदमै न्युन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment