Comments Add Comment

४ बुँदे सहमतिपछि धनगढी अत्तरिया सडक खुल्यो

Photo Credit : सडक अवरुद्ध भएपछि सडकमै उपचार गर्दै

१० चैत, कैलाली । बिहानदेखि अवरुद्ध धनगढी–अत्तरिया ६ लेन सडक सञ्चालन भएको छ ।

धनगढी उप–महानगरपालिका ३ बोरडाँडीमा रहेको रिचमण्ड फेलोसिप सुधार गृहमा कार्यरत स्थानीय जनक ढुङ्गाल मृत फेला परेपछि उक्त घटनाको छानविनको माग गर्दै स्थानीयहरुले विहानैदेखि धनगढी–अत्तरिया ६ लेन सडक अवरुद्ध गरेका थिए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, धनगढी उप–महानगरपालिकाका मेयर नृप बहादुर ओड, कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनालगायत र पीडित पक्षबीच भएको सहमतिपछि बन्द भएको सडक खण्ड सञ्चालन भएको हो । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ४ बुंदे सहमति भएपछि स्थानीयहरु सडक खोल्न सहमत भएको बताए ।

उनले प्रशासनले मृत फेला परेका धनगढीका जनक ढुङ्गालको शव पोष्टमार्टका लागि सेती अञ्चल अस्पताललाई विशेषज्ञ टोली ल्याउन आग्रह गर्ने, घटनाको सुक्ष्म अनुसन्धानलाई निरन्तरता दिने, कानुन बमोजिमको क्षतिपुर्तिका लागि पहल गर्ने र राहतका लागि स्थानीय तहसंग अनुरोध गर्ने सहमतिपछि आन्दोलन फिर्ता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment