Comments Add Comment

१५ औं कृष्णमोहन स्मृति ब्याडमिन्टन सुरु

१० चैत, काठमाडौं । नेपाल एपीएफ क्लबको आयोजनामा १५ औं राष्ट्रब्यापी कृष्णमोहन स्मृती खुला ब्याडमिन्टन प्रतियोयिगता आइतबार सुरु भएको छ ।

एपीएफका पूर्वमहानिरीक्षक कृष्णमोहन श्रेष्ठको सम्मान आयोजना गरिएको प्रतियोगिता १५ औं संस्करणसम्म आइपुगेको छ । प्रतियोगितामा पुरुष/महिला एकल तथा युगल, मिश्रित युगल, १७ वर्षमुनिको छात्र तथा छात्रा, ३५, ४५ र ५५ बर्ष माथिको भेट्रान्स गरि कुल २८७ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको सशस्त्र प्रहरीबलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले उद्घाटन गरे ।

आइतबारका खेलमा एपीएफका प्रियान्सु सिंह क्षेत्री पुरुष एकलको क्वालिफाइङ चरण पार गर्दै मेन चरणमा प्रवेश गरेका छन् । क्षेत्रीले रुपन्देहीका रोशन कुमाललाई २१/१५, २१/१७ ले पराजित गरे । म्याग्दीका विजय बानिया, इटहरीका भोजबहादुर गुरुङ, कञ्चनपुरका गोकुल जोरा, जेष्ट ब्याडमिन्टन एकेडेमीका अनिश कटुवाल र आशिष तामाङ, स्वयंभुका गोकुल तामाङ र कैलालीका अमृत चौधरी पनि मेन चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको अर्को चरणका खेलहरु पुरुष एकलतर्फ बिहान ९ बजे सुरु हुने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment