Comments Add Comment

बर्दिवासमा मेडिकल कलेजका लागि पूर्वाधार विकास गर्न कार्यालय स्थापना

१२ चैत, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिकामा बर्दिवास मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तरगत बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना भएको बर्दिवास नगरपालिकाका नगरप्रमुख बिदूर कार्कीले जानकारी दिए ।  कलेजका लागि नपुग जग्गा स्थानीयहरुले दानमा दिन तयार रहेको नगरप्रमुख कार्कीले बताए ।

सरकारले आर्थिक वर्ष २०७३/०७४ मा बर्दिवासमा कलेज स्थापना गर्ने निर्णय गरेको थियो ।

कलेज स्थापनाको लागि आवश्यक ७५ रोपनी जग्गा सिफारिस गरिएको र वनको जग्गा केही भएकोले मन्त्रालयमा आवश्यक प्रक्रियाको कारण रोकिएको छ ।

शिक्षा मन्त्रालयले कलेज स्थापनाको प्रकृयालाई अगाडि बढाउन कार्यविधि पारित भएको र कर्मचारीसमेत नियुक्त भैसकेको शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी गराएका थिए । मन्त्रिपरिषद बैठकले कलेज स्थापनाका लागि कार्यालय खोल्ने सहमति दिइसकेको छ ।

कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयका प्रमुख शिक्षा मन्त्रालयका उपसचिव देवीप्रसाद सुवेदीले चालु आर्थिक वर्षमा अर्थमन्त्रालयले करिब ८७ लाख रुपैया छट्ट्याएको जानकारी दिए ।

कलेजको पूर्वाधार तयार गर्न पाँच वर्ष लाग्न सक्ने उनको भनाइ छ । विश्वविद्यालय अनुदान कोष (यूएसजी)मा बर्दिवास, सुर्खेत र बुटवलका लागि १०/१० करोड रकम छुट्याइएको छ ।

कलेजमा सबै विधाको अध्यापन हुने बर्दिवास मेडिकल कलेजका लागि तीन सय बेडको अस्पताल निर्माण हुनेछ ।  चैत २५ गते भित्र वर्दिवासमा प्रधानमन्त्रीले नै कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment