१२ चैत, काठमाडौं । नेपालले मंगलबार कतारमा जारी एएफसी यू–२३ च्याम्पियनसिप छनोट फुटबलको अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र अफगानिस्तानबीचको खेल नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ । नेपाल र अफगानिस्तानबिचको खेल प्रतिष्ठाको लडाई मात्रै हुनेछ । किनभने यसअघि भएको दुई खेलमा लगातार हार व्यहोर्दै नेपाल छनोटबाट बाहिरिसकेको छ ।
कतारको दोहामा हुने खेलमा नेपाल शुखद अन्त्य गर्ने लक्ष्यमा छ । अफगानिस्तान पनि नेपाललाई पराजित गर्न चाहन्छ । छनोट चरणबाट दुबै खेलमा हार ब्यहोर्दै बाहिरिसकेको अफगानिस्तान नेपाल भन्दा बलियो टिम हो ।
अफगानिस्तानविरुद्ध नेपालले ४–४–२ को फर्मेसनमा खेल्ने भएको हो । यसअघि नेपालले आक्रामक भन्दा पनि रक्षात्मक खेल खेलेको थियो ।
नेपालको प्लेइङ इलाभेन
गोलकिपर : अर्पण कार्की
डिफेन्डर : अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी, कमल श्रेष्ठ
मिडफिल्डर : तेज तामाङ, नितिन थापा, सुनिल बल, विश्वास श्रेष्ठ
फरवार्ड : विमल घर्तीमगर (कप्तान), अन्जन विष्ट
प्रतिक्रिया 4