+
+

आजका पत्रपत्रिका : ‘ठेकेदार सांसद्’ले बनाएको पुल हावाले उडायो !

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १३ गते ७:०२

१३ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा दायर गरेको विषय आजका सबै दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । अख्तियारले मंगलबार आफ्नै आयुक्तविरुद्ध पहिलोपटक यसरी मुद्दा दायर गरेको हो ।

यसबाहेक पूर्वाधार निर्माण अनियमितता, लगानी सम्मेलनसँग सम्बन्धित सामग्रीलाई पनि पत्रिकाहरूले समेटेका छन् ।

सामाजिक सुरक्षा भत्ताका लागि कैलालीका सेवाग्राहीले व्यहोर्दै आएको असुविधालाई अन्नपूर्णले मुख्य समाचार बनाएको छ । समाचार अनुसार, यहाँका स्थानीयले सामाजिक सुरक्षा भत्ताका लागि दिनभर लाममा लाग्नुपर्ने बाध्यता छ ।

अन्नपूर्णको भित्री पृष्ठमा ठेकेदार सांसद्ले बनाएको पुल हुरीले भत्काएको खबर छ । नुवाकोट र धादिङ जोड्न त्रिशूली नदीको केउरेनीमा निर्माणाधीन पुल हुरीका कारण भत्किएको हो ।

गल्छी गाउँपालिका–१ र नुवाकोटको बेलकोटगढी नगरपालिका–५ जोड्ने यो पुल सम्झौताअनुसार ०७४ असारसम्ममा निर्माण गरिसक्नुपर्ने थियो । ठेकेदारको ढिलासुस्तीका कारण एक वर्ष म्याद थप गरी निर्माण सम्पन्न गर्ने अन्तिम मिति ०७५ चचैतसम्म तोकिएको थियो ।

पुलका ठेकेदारबारे अन्नपूर्णले केही नबताए पनि नयाँ पत्रिका दैनिकले बहालवाला सांसद् बहादुरसिंह लामाले उक्त पुलको ठेक्का लिएको उल्लेख गरेको छ ।

आफ्नै क्षेत्रका जनता लाभान्वित हुने भए पनि लामाले पुल निर्माणमा अर्घेल्याइँ गर्दै आइरहेका छन् ।

राजनारायण पाठकविरुद्ध अख्तियारले मुद्दा दायर गरेकोलाई मुख्य समाचार बनाएको नागरिकले गाउँपालिकाका अध्यक्षले आफू चढ्ने गाढीको सट्टा जनतालाई बस खरिद गरेको लेखेको छ ।

जनप्रतिनिधिहरु आफ्नो सेवा–सुविधाका लागि लिप्त बन्ने गरेका खबर प्रकाशमा आइरहेका बेला उदयपुरको लिङचुङबुङ गाउँपालिकाले भने अध्यक्षका लागि सवारीसाधन खरिद गर्ने विनियोजन गरेको ५७ लाख ७१ हजार रकमले सर्वसाधारणका लागि बस खरिद गर्ने निर्णय गरेको छ ।

स्थानीय सरकारको प्रत्याभूति दिन गाउँ कार्यपालिकाले चैत २ गते बसेको बैठकले यस्तो निर्णय गरेपछि स्थानीय उत्साहित भएको समाचारको सार छ ।

कान्तिपुरले पूर्वआयुक्तविरुद्ध अख्तियारले दायर गरेको मद्दादेखि विप्लवका कार्यकर्ता पक्राउसम्मका खबर पहिलो पृष्ठमा कभरेज गरेको छ ।

राजधानी दैनिकले गृहजिल्लामा बढी बजेट पार्न शीर्ष नेताले दबाव दिएको लेखेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?