
१३ चैत, काठमाडौं । सरकारले बिहीबार प्रि-लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । शुक्रबार र शनिबार काठमाडौंमा हुने लगानी सम्मेलनको तयारी स्वरुपमा सरकारले बिहीबार प्रि-लगानी सम्मेलन आयोजना गर्न लागेको हो ।
सम्मेलनका बारेमा जानकारी दिन बुधबार सिंहदरबारस्थित अर्थमन्त्रालयको हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बिहीबार सीमित लगानीकर्ताको सहभागितामा प्रि-लगानी सम्मेलन आयोजना हुने बताए ।
प्रि-लगानी सम्मेलनले लगानी सम्मेलन सम्पन्न गर्न थप मद्दत पुग्ने बताए । सम्मेलनमा ७७ वटा परियोजना राख्ने भएको तय छ ।
यसमा ५० वटा सरकारीस्तरका परियोजना छन् भने २७ वटा परियोजना निजी क्षेत्रले राख्नेछन् । यी परियोजनामा विदेशी लगानी र लगानीकर्ताको खोजी हुनेछ ।
सम्मेलनमा करिब एक दर्जन परियोजनाको काम अघि बढाउन विदेशी लगानीकर्तासँगै समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरिने भएको छ ।
प्रतिक्रिया 4