+
+
Shares

आरक्षको जग्गा कब्जा गर्न आएका सयौं मानिस लखेटिए

चार राउण्ड अश्रुग्यास हानियो, मंगोलियन समूहका इन्चार्ज पक्राउ

श्रवण देव श्रवण देव
२०७५ चैत १३ गते १३:१२

१३ चैत, सप्तरी । कोशी टप्पु वन्यजन्तु आरक्षभित्रको खाली जग्गा अतिक्रमण गरी घर बनाउन आएका सयौं व्यक्तिलाई प्रहरीले धपाएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका १ वैरवा नजिक कोशी टप्पु वन्यजन्तु आरक्षको जग्गामा घर बनाउन विभिन्न जिल्लाबाट आएका पाँच सयभन्दा बढी व्यक्तिलाई प्रहरीले बुधबार बिहान धपाएको हो ।

एकै पटक धेरै संख्यामा आएका मानिसले जग्गा अतिक्रमण गर्न लागेको सूचना पाएपछि प्रहरी पुगेकेा थियो । प्रहरीले घण्टौंसम्म सम्झाउँदा पनि उनीहरुले ठाउँ खाली गर्न मानेनन् । उनीहरुले नमानेपछि प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरी उनीहरुलाई आरक्षबाट लखेटेको हो । उनीहरुले नजिकैको मानव वस्तीमा आश्रय लिएका छन् ।

झापादेखि गोरखासम्मका व्यक्ति

कोशी टप्पु वन्यजन्तु आरक्षको जग्गा अतिक्रमण गरेर घर बनाउने उद्देश्यले पूर्वको झापादेखि पश्चिमको गोरखासम्मका व्यक्तिहरु भेला भएका थिए । दैनिक उपभोग्य सामाग्री, खाना पकाउने ग्याससहित बालबच्चा लिएका आएका थिए । झापा, धनकुटा, उदयपुर, भोजपुर, चितवन र गोरखासम्मका व्यक्ति आरक्षको खाली जग्गामा घर बनाएर वस्ती नै बसाउने योजनाका साथ आएका प्रहरीको भनाइ छ ।

अधिकांश महिलाहरु काखे बच्चासहित आएका थिए । ‘वस्ती बसाउने योजनाका साथ घरभित्र प्रयोग हुने सम्पूर्ण सामान लिएर आएको बसेको पाइयो’ सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, ‘आरक्षलाई नै नियन्त्रण गर्ने गरी धेरै संख्यामा व्यक्तिहरु आएपछि हामीले प्रहरी खटाएर खाली गराएका छौं ।’

मंगोलियन समूहको जानकारी, शक्ति पक्राउ

ती व्यक्तिहरु एक्कासी कसरी आरक्षमा आए भन्ने बिषयमा सप्तरी प्रहरीले खोजबिन गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा मंगोलियन समूहले सप्तरीमा सरकारले सुकुम्बासीहरुलाई जग्गा बाँडिरहेको जानकारी दिँदै बोलाएको पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलले मंगोलियन समूहले नै उनीहरुलाई जग्गा पाउने आशमा यहाँ जम्मा गर्न लगाएको पाइएको जानकारी दिए । ‘मंगोलियन समूहका शक्ति राई भन्ने व्यक्तिले यस किसिमको सूचना दिँदै उनीहरुलाई ल्याएका रहेछन्’ पौडेलले भने, ‘उनलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिसकेका छौं ।” राईले आफू मंगोलयन समूहको प्रदेश २ इन्चार्ज भएको प्रहरी समक्ष बयान दिएका छन् ।

लेखक
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?