Comments Add Comment

दमकमा ‘पुष्प-धिरेन्द्र मार्ग’ शिलान्यास

१४ चैत, दमक । झापाको दमक नगरपालिकामा दश वर्षे जनयुद्धको क्रममा सहादत प्राप्त गरेका पुष्पराज बस्नेत र धिरेन्द्र बस्नेतको स्मृतिमा ‘सहिद पुष्प-धीरेन्द्र मार्ग’को शिलान्यास भएको छ । प्रदेश नं. १ अन्तर्गत झापा ५ (ख) का सांसद अर्जुन राईले ‘पुष्प-धिरेन्द्र मार्ग’को शिलान्यास गरेका हुन् ।

दमक-१ निवासी २६ वर्षीय पुष्पराज बस्नेत र २० वर्षीय धिरेन्द्र बस्नेत वि.सं. २०६० सालमा तत्कालीन शाही नेपाली सेनाद्वारा मारिएका थिए । उनीहरु दुवै जना स्थानीय भीमबहादुर बस्नेत र चन्द्रकुमारी बस्नेतका क्रमशः माइला र कान्छा छोरा हुन् ।

दमक बजारको वडा नं. १ स्थित आदिकवि भानुभक्त चोकदेखि उत्तरतर्फ जाने सडकलाई प्रदेश नं. १ सरकार र दमक नगरपालिकाले पुष्प-धिरेन्द्र मार्ग नामाकरण गर्नुका साथै बजेट विनियोजन समेत गरेको छ । उक्त सडक खण्डको दमक नगरपालिकाले ठेक्का समेत आहृवान गरेको छ ।

शिलान्यास कार्यक्रममा प्रदेश सांसद राई, दमक नगरपालिकाका कार्यकारी अधिकृत गणेश तिमल्सिना, पुष्प-धिरेन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेत -शंकर) ले सहिदको योगदान अमर राख्न उक्त मार्ग बनाइएको धारणा राखेका थिए ।

शिलान्यास कार्यक्रममा नेकपा नेता होम थापा, दमक नगर समिति अध्यक्ष वोधप्रसाद घिमिरे, दमक नगरपालिका वडा नं. १ का अध्यक्ष तारा अधिकारी, वडा नं. २ का अध्यक्ष प्रजापति सापकोटा, वडा नं. ५ का अध्यक्ष इन्द्र गुरुङ र वडा नं. १० का अध्यक्ष वोधराज न्यौपानेलगायतको सहभागिता थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment