 
																			१४ चैत, भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा बिहीबार भएको आँखा तथा कान जाँच शिविरमा १०२ जनाले उपचार गराएका छन् ।
नेपाल नेत्रज्योती संघको स्थापना दिवसको अवसर पारेर नेपाल नेत्रज्योती संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना तथा भोजपुर बहुमुखी क्याम्पसको व्यवस्थापनमा १ दिने शिविरको आयोजना गरिएको हो ।
शिविरमा आँखाको परीक्षण गराएका मध्ये १७ जनालाई चश्मा तथा थप उपचारको लागि आँखा उपचार केन्द्रमा रिफर गरिएको छ ।
शिविरमा क्याम्पसका विद्यार्थी, प्राध्यापकहरु तथा क्याम्पस कर्मचारीहरुको परीक्षण गरिएको स्ववियु सभापति प्रकाशसिं राईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4