Comments Add Comment

मिडिया कप फुटसलको उपाधि प्रेस संगठनलाई

१५ चैत, काठमाडौं । मिडिया कप फुटसल प्रतियोगिताको उपाधि प्रेस संगठन नेपालले जितेको छ ।

नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको फुटसल प्रतियोगिताको उपाधिका लागि भएको फाइनल प्रतिष्पर्धामा प्रेस संगठन नेपालले नेपाल प्रेस यूनियनलाई ६-१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

विजेता र उपविजेता टिमलाई महासंघका अध्यक्ष गोविन्द आचार्यले ट्रफी र मेडल हस्तान्तरण गरेका छन् । प्रतियोगितामा विजेताले दश हजार नगद, ट्रफी र मेडल पाएका छन् । त्यस्तै, उपविजेताले सात हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।

त्यस्तै तेस्रो स्थान हासिल गर्न सफल इमेज च्यानलले पाँच हजार नगद प्राप्त गरेको छ ।

नगद र प्रमाणपत्र महासंघको स्थापना दिवस चैत १६ गते महासंघमै आयोजना हुने विशेष कार्यक्रममा वितरण गरिने महासंघका सचिव तथा फुटसल प्रतियोगिताका संयोजक प्रकाश थापाले बताएका छन् ।

प्रतियोगितामा १३ गोल गरेका प्रेस संगठन नेपालका खेलाडी दिपेन्द्र गुरुङ बेस्ट स्कोरर बने । त्यसैगरी प्रतियोगिताकै बेस्ट प्लेयर अफ द टुर्नामेन्ट नेपाल प्रेस यूनियनका खेलाडी निशान राई घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment