Comments Add Comment

आईपीएल : बेंगलोर लगातार तेस्रो खेलमा पराजित

१७ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादसँग ११८ रनले पराजित भएर लगातार तीन खेल हारेको रोयल च्यालेन्जर्स बैंग्लोरमाथि दबाव बढेको छ ।

टस जितेर फिल्डिङ रोजेको बैंग्लोरलाई हैदराबादका ओपनिङ ब्याट्सम्यान जोन्नी ब्रिस्ट्ओ र डेभिड वार्नरले कमजोर पारिदिएका थिए । ब्रिस्ट्ओले ५६ बलमा ११४ रन साथै वार्नरले ५५ बलमा अविजित १०० रन बनाएका थिए ।

२ सय ३२ रनको लक्ष्य पछ्याएको बैंग्लोर १९.५ ओभरमा ११३ रन बनाउन अलआउट भयो । ब्याटिङमा सातौं क्रममा आएका कोलिन डि ग्रान्डहोमबाहेक अन्य ब्याट्सम्यान निरीह देखिए । ३२ बल खेल्दासम्म पिचमा टिकेका ग्रान्डहोमले ३७ रन बनाए । आश गरिएका विराट कोहली १० बलमा ३ रन र एबीडी भिलियर्स २ बलमा १ रन बनाउँदा आउट भए ।

हैदराबादको जितमा बलिङमा मोहम्मद नाबीले उत्कृष्ट खेल देखाए । उनले ४ ओभरमा ११ रन मात्रै खर्चिएर ४ विकेट लिए । यस्तै सन्दीप शर्माले तीन विकेट लिए । बैंग्लोरका तीन खेलाडी रन आउट भएका थिए ।

यसअघि चेन्नई सुपर किंग्ससँगको पहिलो खेलमा ७० रनमा समेटिएर ७ विकेटले पराजित भएको बैंग्लोर दोस्रो खेलमा मुम्बई इन्डियन्ससँग १८७ रनको लक्ष्य पछ्याउँदा ६ रनले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment