Comments Add Comment

नीता, साम्राज्ञीपछि अशोकको फिल्ममा खुश्बु

निर्देशक अशोक शर्माले आफ्नो नयाँ चलचित्र ‘रातो टिका निधारमा’का लागि ३ नायिकालाई फाइनल गरेका छन् । उनले सबैभन्दा पहिले नायिका नीता ढुंगानालाई चलचित्रमा अनुवन्धित गरेका थिए । यसपछि, अशोकले सोमबार मात्रै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फाइनल गरेका थिए । चलचित्रका लागि साम्राज्ञीले १६ लख पारिश्रमिक लिएको चर्चा चलचित्र वृत्तमा चलेको छ ।

अशोकले चलचित्रका लागि अर्की नायिकालाई पनि फाइनल गरेका छन् । उनले नायिका खुश्वु खड्कालाई चलचित्रमा अनुवन्धित गरेका हुन् । चलचित्र क्षेत्रमा लामो समय बिताएपनि खासै सफलताको स्वाद चाख्न नपाएकी खुश्वुका लागि ‘रातो टिका निधारमा’ आशातित मानिएको छ ।

चलचित्रमा अशोकका छोरा अंकित शर्माले डेब्यू गर्न लागेको चर्चा समेत चलेको छ । चलचित्रको छायांकन वैशाखबाट सुरु हुनेछ भने दशैंमा यो चलचित्र रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment