Comments Add Comment

बार्सिलोनासँग अन्तिमसम्म लड्छ एथ्लेटिको मड्रिड !

काठमाडौं । ला लिगामा यो हप्ता एथ्लेटिको मड्रिडले खेल जित्यो, बार्सिलोना बराबरीमा रोकियो, रियल मड्रिड पराजित बन्यो । यसले शनिबार राति हुने एथ्लेटिको र बार्सिलोनाको खेलको महत्व बढेको छ ।

यो हप्ता एथ्लेटिको मड्रिडले जिरोनालाई २-० ले हराएको थियो । बार्सिलोना भिलारियलसँग ४-४ को बराबरीमा रोकियो भने रियल मड्रिड भ्यालेन्सियासँग २-१ ले पराजित भयो । शीर्षमा रहेको बार्सिलोनाको ७० अंक छ, दोस्रोमा एथ्लेटिको मड्रिडको ६२ अंक छ भने तेस्रोमा रहेको रियल मड्रिडको ५७ अंक छ ।

अब शनिबार बेलुका ८ बजे रियल मड्रिडले इबरसँग खेल्दै छ भने राति साढे १२ बजे बार्सिलोना र एथ्लेटिको मडि्रडको खेल हुँदैछ । एथ्लेटिकोले बार्सिलोनालाई हराउन सकेमा अंक दूरी ५ मा घट्ने छ । ‘हामीले भिलारियलसँग बराबरी खेलेकाले ला लिगा उपाधि जित्न दबाव बढेको छ,’ बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भालभर्देले भनेका छन् ।

सिजन सकिन अझै आठ खेल बाँकी रहेको अवस्थामा डिएगो सिमोनको टिम एथ्लेटिको मड्रिडले बार्सिलोनाविरुद्ध सबै अस्त्र प्रयोग गर्ने छ । त्यसले नै उपाधिको निक्यौल गर्ने भएकाले पनि एथ्लेटिको क्षमता देखाउने दबावमा छ ।

बार्सिलोनालाई पनि ला लिगाको अग्रता, कोपा डेल रेको अन्तिम अवस्था र च्याम्पियन्स लिग तीनै कुरामा केन्द्रित देखिएकाले पनि खेलाडीमाथिको दबाव कम भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment