+
+
Shares

हलमा लागेन नन्दिताको फिल्म, युुटुबबाट रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २२ गते १०:३५

अमेरिका पुगेर उतै रमाएकी नायिका हुन् नन्दिता केसी । कुनै समय नेपाली चलचित्र क्षेत्रमा राम्रै क्रेज बनाएकी नन्दिताको अहिले चर्चा परिचर्चा शुन्य जस्तै छ । उनै, नन्दिताले अमेरिका पुगेर अभिनय गरेको एक चलचित्र युटुबमा सोझै रिलिज गरिएको छ । ‘अमेरिकन बाबु मेड इन नेपाल’ नामक चलचित्र सिधै युटुबमा रिलिज गरिएको हो ।

यो चलचित्रलाई इश्वर थापाले निर्देशन गरेका हुन् । चलचित्रका निर्माता सबै नेपालबाहिर रहेको र वितरकसँग बारम्बार ताकेता गर्न नसकेका कारण सोझै युुटुबमा चलचित्र रिलिज गरिएको थापाले बताए । चलचित्रको लगानीको ८० प्रतिशत अमेरिका र क्यानडाबाट उठिसकेको जानकारी समेत उनले दिए ।

चलचित्रमा बाबु बोगटी, नन्दिता केसी, स्मृति पोखरेल, एहशान ढकाल लगायतको अभिनय छ । चलचित्रलाई राजेश गुरुङ, मन्जु राना, संझना उप्रेतीले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?