Comments Add Comment

तिलोत्तमा नगरपालिकाले ल्यायो दमकल

२२ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि नयाँ बारुणयन्त्र सञ्चालनमा ल्याएको छ । वार्षिक नीति तथा कार्यक्रम र नगरसभाबाट पारित निर्णय अनुसार ५९ लाख ५० हजार मूल्यको बारुणयन्त्र खरिद गरिएको हो ।

३ हजार २ सय लिटर क्षमताको सो बारुणयन्त्रले ३५ मिटर टाढासम्म पानीको फोर्स फ्यांक्न सक्ने तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए । साविकका ६ गाउपालिका मिलेर नगरपालिका बनेसंगै नगरवासीले बारुणयन्त्र माग गर्दै आएका थिए ।

यसअघि आफ्नो बारुणयन्त्र नहुंदा आगलागीका बेला बुटवल र भैरहवाबाट ल्याउनुपर्दा क्षति बढी हुने गरेकामा अब आगलागीबाट हुने क्षति रोकिने नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।

केही दिनअघि मात्रै रुपन्देहीका सिद्धार्थनगर नगरपालिका तथा सियारी र ओमसतिया गाउपालिका मिलेर संयुक्तरुपमा नयां बारुणयन्त्र खरिद गरी सञ्चालनमा ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment