+
+
Shares

धोविघाटमा ट्रकको ठक्करले भ्यान चालकसहित २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २२ गते १४:४२

२२ चैत, काठमाडौं । ललितपुर धोविघाटमा शुक्रबार दुईवटा गाडी ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रकले ठक्कर दिँदा बा ७ च २१३१ नम्बरको भ्यान चालक र अर्की एक महिलाको मृत्यु भएको हो ।

दुर्घटनामा भ्यान चालक दोलखाका ४० वर्षका इन्द्रबहादुर सुनुवार र धनुषा धारापानीकी ४० वर्षकी डोल्मा शेर्पाको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि जाउलाखेलको अल्का टु अस्पताल लगिएको थियो । उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । एक जना घाइतेको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?