Comments Add Comment

विश्वकपको पूर्वसन्ध्यामा अफगानिस्ताको कप्तान परिर्वतन

२२ चैत, काठमाडौं । विश्वकप सुरु हुने एक महिना अगाडि अफगानिस्तानले कप्तान अस्गर अफगानलाई हटाएको छ ।

अफगानिस्तान क्रिकेट बोर्डले शुक्रबार अस्गरलाई तीन फम्र्याटको कप्तानबाट हटाएको घोषणा गरेको हो । उसले तीन फम्र्याटमा अलग अलग कप्तान घोषणा गरेको छ ।

अब एकदिवसीय टिमको कप्तानी गुल्बदिन नाइबले गर्नेछन् । उनले विश्वकपमा टोलीको नेतृत्व गर्नेछन् ।

टेष्टको राहमत शाह र टी–२० को रसिद खानले गर्नेछन् ।

अस्गरले सन् २०१५ मा मोहम्मद नाबीको स्थान लिएका थिए । उनको कप्तानीमा अफगाजिस्तानले आईसीसीको पूर्ण सदस्यको मान्यता पायो भने मार्चमा आयरल्याण्डलाई हराउँदै टेष्टमा पहिलो जित पनि हात पारेको थियो । उनकै कप्तानीमा अफगानिस्तानले विश्वकप छनोटसहित ३३ एकदिवसीय म्याच जितेको थियो ।

तर, अस्गरको व्यक्तिगत प्रदर्शन भने राम्रो हुन सकेको थिएन । खराब प्रदर्शनकै कारण उनलाई कप्तानबाट हटाइएको आशंका गरिएको छ ।

आउँदो मेमा अफगानिस्तानले स्कटल्यान्ड र आयरल्यान्डको भ्रमण गर्ने कार्यक्रम छ । साथै विश्वकप अगाडि पाकिस्तान र ईंग्ल्यान्डसँग पनि टिमले एक–एक वान डे खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment