Comments Add Comment

नागरिकता विधेयक खारेज गर : चित्रबहादुर केसी

२५ चैत, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अंगीकृत नागरिकलाई वंशजको नागरिकता दिने सरकारको निर्णय राष्ट्रघाती भएको बताएका छन् ।

संसदमा छलफलकै क्रममा रहेको नागरिकता विधेयकलाई लत्याएर सरकारले प्रमुख जिल्ला अधिकारीमार्फत विदेशीलाई नागरिकता बाँड्ने काम गर्न खोजेको केसीले आरोप लगाए ।

विदेशीलाई प्रधानमन्त्री, मन्त्री, सांसद, सेनापति बनाउने गरी अंगीकृत नागरिकलाई जन्मको आधारमा नागरिकता बाँड्ने षड्यन्त्रबिरुद्व खबरदारी गर्नुपर्ने उनले बताए ।

अखिल नेपाल शिक्षक संघको सोमबार बुटवलमा आयोजित पाँचौ राष्ट्रिय परिषद् उद्घाटन् गर्दै अध्यक्ष केसीले छलफलको लागि संसदमा रहेको नागरिकता विधेयक खारेज गर्नुपर्ने बताए ।
अहिले संसदमा रहेको नागरिकता विधेयक खारेज नभए नेपालमा विदेशीको बहुमत हुने र नेपाली जनता अल्पमतमा पर्ने अध्यक्ष केसीको दावी छ ।

नागरिकताको विषयमा सरकार विदेशीबाट प्रभावित भएको उल्लेख गर्दै अंगीकृत नागरिकलाई वंशजको नागरिकता दिने गरी संसदमा रहेको विधेयक पास भएमा देश हेर्दाहेर्दै फिजी, सिक्किम हुने खतरा रहेको बताए ।

कम्युनिष्टको नाममा सरकारमा बसेकाहरुको काम,व्यवहारले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता कमजोर बनेको बताए ।

उनले केन्द्र र स्थानीय तहलाई स्थापित गरेर प्रदेशलाई खारेज गर्नुपर्ने पनि बताए । केसीले शिक्षामा भएको निजीकरणले देशको शैक्षिक जनशक्ति विदेश पलायन हुने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment