Comments Add Comment

सिटौलाको प्रश्न : सरकारविरुद्ध शेरबहादुर किन बोल्दैनन् ?

२६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले संविधान क्षतविक्षत बनाउँदा पनि चुप लागेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन् ।

मंगलबार काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसले आयोजना गरेको कार्यक्रममा उनले सरकारको गतिविधिप्रति पार्टी सभापति चुप बसेको आरोप लगाए ।

‘संविधानलाई क्षतविक्षत गर्ने काम सत्ताबाट भएको छ । कांग्रेस किन बोल्दैन ?’ उनले प्रश्न गरे ‘सभापति बोल्नुहुँदैन, मैले बोलेर मात्र के गर्ने ?’

अहिले कांग्रेसको केन्द्र नै अलमलिएको सिटौलाले बताए । कांग्रेस आफैभित्र लुछाचुँडीमा रहेको भन्दै उनले अहिले प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको पनि आरोप लगाए । ‘आफैंभित्र लुछाचुँडीमा छ कांग्रेस, एकै सैद्धान्तिक गन्तब्यमा पार्टी हिँडाउन सकिएको छैन, भातृ संगठन क्षतविक्षत छन्, नेविसंघ कहाँ छ’ सिटौलाले प्रश्न गरे ‘आफैंभित्र बोल्न, कार्यकर्ताुसँग बोल्न नसक्नेले कम्युनिस्टसँग लड्न सक्छ ?’

कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र आफ्नो हिस्सा खोज्ने बाहेक काम नगरेको सिटौलाले आरोप लगाए । शेरबहादुरजीले मलाई यति तपाईलाई यति भनेपछि विचरा रामचन्द्र जी के गर्नुहुन्छ ? यति बढाइदेउ भन्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment