+
+
Shares

छापामा आज : प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासकै जग्गा व्यक्तिका नाममा !

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २६ गते ७:०७

२६ चैत, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशिन पत्रिकारूले विविध विषय उठाएका भए पनि अनियमितता र बेथितिसँग सम्बन्धित विषय नै पहिलो प्राथमिकतामा परेका छन् । प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासकै जग्गा व्यक्तिको नाममा दर्ता भएकोदेखि शल्यक्रियापछि उल्टै दृष्टिविहीन बनेकोसम्मका विषयलाई पत्रिकाहरूले गम्भीरतापूर्वक उठाएका छन् । त्यस्तै, चिकित्सकको आन्दोलनले परेको प्रभाव, तुइन विस्थापन योजनालगायत विषय पनि पत्रिकाको हेडलाइन बनेका छन् ।

कान्तिपुरले ‘प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासकै जग्गा व्यक्तिका नाममा’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार, भूमाफिया र भूमिसुधार कार्यालय, डिल्लीबजारका कर्मचारीको मिलेमतोमा प्रधानमन्त्री तथा प्रधानन्यायाधीश निवास व्यक्तिका नाममा दर्ता भएको हो ।

३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको समाचारमा उल्लेख छ । १४ रोपनी १० आना क्षेत्रफलमा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा पनि व्यक्तिका नाममा छ ।

कान्तिपुरका अनुसार पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले बालुवाटारस्थित प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको फेला पारेको हो । असमितिको प्रतिवेदनअनुसार बालुवाटार र वरपरको ११३ रोपनीभन्दा बढी सरकारी जग्गा अतिक्रमणमा परिसकेको छ ।

समितिले कानूनबमोजिम अधिग्रहण गरी सरकारका नाममा आएको जग्गा व्यक्तिका नाममा हस्तान्तरण गर्न भूमिका निर्वाह गर्ने तत्कालीन सचिव छविराज पन्तसहित १४ जनाको नामै किटेर कारबाही सिफारिस गरे पनि कार्यान्वयन नभएको समाचारमा उल्लेख छ ।

पार्टी एकीकरणबारे प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच भएको अनौपचारिक सहमतिमा माधव नेपाल समूहले कडा आपत्ति जनाएपछि नेकपाको एकता प्रक्रियामा गाँठो परेको अर्को खबर कान्तिपुरमा छ ।
जिल्ला कमिटीको नेतृत्व सुम्पने कुरामा पूर्वएमालेभित्रका ओली र नेपाल समूहबीच विवाद चर्केको हो । दुवै अध्यक्षले दिनहुँ कुराकानी गरिरहे पनि सहमति जुट्न नसकेको समाचारको सार छ ।

शल्यक्रिया बिरामीको समस्या समाधान गर्न गरिन्छ । तर चिकित्सकले गरेको आँखाको शल्यक्रियापछि उल्टै बिरामी दृष्टिविहीन बनेका छन् ।

अन्नपूर्णका अनुसार क्रिश्चियन संस्थाले गरेको निःशुल्क शिविरमा शल्यक्रिया गराउँदा सिरहामा कम्तीमा ५ जनाको आँखाको ज्योति गुमेको हो ।

फागुन १३ देखि १५ सम्म राखिएको शिविरमा ७७ जनाको शल्यक्रिया गरिएकोमा अधिकांशमा गम्भीर समस्या देखिएको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण लेख्छ– शल्यक्रियाका लागि कोरियाबाट स्वास्थ्यकर्मी टिम ल्याइएको थियो । तिनले दिएका झोल दबाइमा के लेखिएको छ, बुझिँदैन ।

वंशज नागरिकता रोक्न सर्वोच्चले आदेश दिएकोदेखि मालपोत कार्यालय, कलंकीभित्रका बेथिति अन्नपूर्णको पहिलो पृष्ठमा छापिएका छन् ।

सरकारी चिकित्सकको आन्दोलनले पारेको प्रभावमाथि नागरिकले मूल खबर लेखेको चछ । नागरिकका अनुसार, हडतालले बिरामी अलपत्र परेका छन् । त्यस्तै तुइन विस्थापनको विषय पनि नागरिकलले उठाएको छ । समाचार अनुसार अझै १८ तुइन विस्थापन हुन बाँकी छ ।

सरकारी चिकित्सकको आन्दोलनले पारेको प्रभावमाथि नागरिकले मूल खबर लेखेको चछ । नागरिकका अनुसार, हडतालले बिरामी अलपत्र परेका छन् । त्यस्तै तुइन विस्थापनको विषय पनि नागरिकलले उठाएको छ । समाचार अनुसार अझै १८ तुइन विस्थापन हुन बाँकी छ ।

बैंक तथा वित्तीय संस्था ऋण प्रवाहबारे राजधानीले खबर लेखेको छ । राजधानीका अनुसार त्यसरी प्रवाह गरिएका ऋण डुब्ने क्रम बढेको छ । चालू आवको साउनदेखि फागुन मसान्तसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाको १ अर्ब ५ करोड ८९ लाख ५४ रुपैयाँ ऋण डुबेको छ ।

ऋणीसँगको मिलेमतो, बिनाधितो तथा कमसल धितोका कारण ऋण उठाउन नसकेपछि पछिल्लो समय ऋण असुली न्यायाधीकरणमा मुद्दा पर्ने क्रम बढेको छ ।

कारोबारको नजर बजेट सुझाव माग्न गाउँ जान लागेका सांसदमाथि परेको छ ।

संघीय संरचनाअनुसार पहिलो बजेट पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेपछि नतिजामुखी बजेटका लागि सुझाव संकलन गर्न सांसदहरु गाउँ जान लागेको समाचारमा लेखिएको छ ।

कारोबार लेख्छ– सत्तारुढ दल नेकपाले बजेट तर्जुमाका लागि आफ्ना सांसदलाई गाउँ पठाउने निर्णय गरेको भोलिपल्टै प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले पनि आफ्ना सदस्यलाई सातवटै प्रदेशमा बजेट सुझाव संकलनका लागि पठाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?