९ कात्तिक, काठमाडौं । किवानिस क्लब अफ कृति काठमाडौंले काठमाडौं महानगरपालिका-१० शंखमुल सुकुमबासी बस्तीमा सरसफाइ सामग्री वितरण गरेको छ ।
काभ्या स्कुलको सहयोगमा स्वच्छता तथा सरसफाइ सामग्री वितरण गरिएको क्लबले जनाएको छ । १०० जना बालबालिकाका लागि सामग्री वितरण गरिएको थियो ।
१०० जना बढी बालबालिका सहभागी भएको कार्यक्रममा किवानिस नेपाल डिस्ट्रिकका गभर्नर इलेक्ट रामहरि सुवेदी, कृति काठमाडौंका अध्यक्ष बद्री सिग्देल, पूर्वअध्यक्षहरु रिजन खड्का, तरुण रञ्जन दत्त, कृति कोषाध्यक्ष दिलीप थापा, स्थानीय अभिभावकहरूको उपस्थिति थियो ।
क्लबले सामग्री र आर्थिक सहयोग गर्ने संस्था र व्यक्तिहरुप्रति आभार व्यक्त गरेको छ । यो सहयोगले सुकुमबासी बस्तीका बालबालिकाको जीवनमा सानो तर अर्थपूर्ण परिवर्तन आएको क्लबको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4