Comments Add Comment

प्रदेश योजना आयोग सदस्य बन्न डा. रेणु अधिकारीद्वारा अस्वीकार

२६ चैत, काठमाडौं । अधिकारकर्मी डा.रेणु अधिकारीले प्रदेश ३ को योजना आयोग सदस्य पद अस्वीकार गरेकी छन् ।

प्रदेश सरकारले नियुक्तिको निर्णय गरे पनि अधिकारीले व्यक्तिगत कारण देखाउँदै उक्त पद अस्वीकार गरेकी हुन् ।आफू अन्य क्षेत्रमै काममा व्यस्त रहनुपर्ने भन्दै अधिकारीले प्रदेश सरकारलाई यसको जानकारी गराएकी छन् ।

अधिकारीलाई प्रदेश ३ को सरकारले गत साता मात्र योजना आयोगको सदस्यमा मनोनित गरेको थियो । प्रदेश सरकारले आफ्नो योगदानको मूल्यांकन गरेर योजना आयोगको जिम्मेवारी दिए पनि आफू व्यक्तिगत कारणले पद स्वीकार गर्न असमर्थ रहेको अधिकारीले बताएकी छन् ।

अधिकारीले भनेकी छन्, यस्तो महत्वपूर्ण जिम्मेवारीको लायक सम्झेर मनोनित गर्ने प्रदेश सरकारप्रति आभारी छु । एक अधिकारकर्मीलाई उसले लिएको मुद्दालाई योजनामा समावेश गरेर अघि बढाउने मौका पाउनुलाई मैले गर्वका साथ लिएको छु । तर, मेरो आफ्नै कारणले यो पद लिन नसक्ने प्रदेश सरकालाई जानकारी गराउन बाध्य भएकी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment