Comments Add Comment

पोखरामा तमु समुदायले धुमधामले मनाए ट्होंटे (फोटो फिचर)

२६ चैत, पोखरा ।  तमु समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ट्होंटे पर्व पोखरामा आज भव्यताका साथ मनाइएको छ । पोखरामा मंगलवार वृहत र्याली सहित उनीहरुले आफ्नो मौलिक साँस्कृतिक पर्व ट्होंटे मनाएका हुन् । उभौली र उद्यौली ट्होंटेका रुपमा यो पर्व वर्षको दुई पटक बनाइन्छ । चैत र साउनको अन्तिम मंगलबार धुमधामले यो पर्व मनाउने गरिन्छ ।

तमु धीं नेपालको आह्वानमा पोखराका विभिन्न गुरुङ संगठनका ब्यानर, झाँकीसहित ट्होंटेमा सडक उत्रिएका थिए । गुरुङको जातीय पोसाक तथा विभिन्न जनवारदेखि, भूत, प्रेमका चित्रजस्ता मुकुन्डो, कालोमोसो, विभिन्न रङरोगन लगाएर रंगीबिरंगी झाँकी पोखराका सडकमा निस्किएका थिए । ट्होंटेमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पनि सहभागी भएका थिए ।

ट्होंटे दुई शब्दबाट बनेको हो । ट्हो को अर्थ गाउँ ठाउँ र टेंको अर्थ लखेट्नु । दुश्मनहरुलाई आतंकित पार्न र आफ्नो बस्तीबाट हटाउन सकिने विश्वासका साथ तमु समुदायले ट्होंटे पर्व मनाउने गर्छन् । भूत प्रेत, पिचासलाई धपाएर बस्तीलाई शान्तिपूर्ण बनाउने पर्वको रुपमा लिइदैं आएको तमु समुदायको भनाई छ ।

गुरुङ समुदायका विभिन्न बाजा बजाउँदै गुरुङको जातीय पोसाकमा सजिदै बालबालिका, किशोरकिशोरीदेखि बुढापाकासम्म र्‍यालीमा सहभागी बनेका थिए । ‘राष्ट्रिय संस्कृति बचाऔं, ट्होंटे पर्व मनाऔं’ भन्ने नाराका निस्किएको र्‍यालीले पोखराको बिभिन्न ठाउँ  परिक्रमा गर्दै नयाँ बजारस्थित तमु धिं नेपालको कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment