+
+
Shares

व्यवसायिक कृषिका लागि गोरखाका ६२ किसानलाई अनुदान

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २६ गते १९:०८

२६ चैत्र, गोरखा । व्यवसायिक कृषिका लागि जिल्लाका ६२ जना किसानले अनुदान रकम पाउने भएका छन् ।

यान्त्रीकरण सँगै फ्रेस हाउस र मोडल फर्म सञ्चालनका लागि रकम उपलब्ध गराइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले जनाएको छ । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषक अनुदान कार्यक्रम अन्तरगत किसानलाई कुल लागतको ५० प्रतिशत अनुदान उपलब्ध गराउन लागेको हो ।

गत असोज १२ गते सूचना प्रकाशित गरी कार्यालयले इच्छुक किसानसँग आवेदन माग गरेको थियो । आवेदन दिएका ६९ किसानमध्ये ६२ जना छनोटमा परेको कार्यालय प्रमुख ब्रजकिशोर ठाकुरले बताए ।

‘तीन जनाको प्राविधिक टोली बनाएर आवेदन दिने किसानको घरघरमा खटाएका थियौ, यसअघि कृषि पेशा गरे नगरेको, तालिम लिए नलिएको, भूकम्प पीडित वा द्वन्द्व पीडित भए नभएको लगायतका विभिन्न मापदण्ड बनाएर नम्वर बाँडफाँट गरेका थियौं, त्यही आधारमा कृषक छनोट गरेका हौ,’ उनले भने ।

फ्रेस हाउस सञ्चालनका लागि २२ जना र मोडल फर्म सञ्चालनका लागि १३ जना कृषक छनोट भएका छन् । यान्त्रीकरणतर्फ २७ जना किसान छनोटमा परेको कार्यालयले जनाएको छ । मोडल फर्म तर्फ कुखुरा, बाख्रा र माछापालन रहेका छन् ।

यान्त्रीकरणतर्फ हाते ट्याक्टर, चाप कटर, त्रिपाल लगायतका कृषि औजार रहेको कार्यालय प्रमुख ठाकुरले जानकारी दिए ।
‘छनोट हुनुभएका किसानले दश÷दश लाखको प्रपोजल हाल्नुभएको छ, लागत स्टमेटको आधारमा सम्झौता हुन्छ, कुल लागतको ५० प्रतिशत अनुदान कार्यालयले दिन्छ बाँकी ५० प्रतिशत उहाँहरु आफैले बेहोनुपर्छ,’ उनले भने ।

‘रनिङ बिल’ को आधारमा तीन किस्तामा अनुदान रकम उपलब्ध गराइने उनको भनाइ छ । ४० प्रतिशत काम सम्पन्न भएपछि पहिलो किस्ता, थप ३० प्रतिशत सम्पन्न भएपछि दोस्रो किस्ता र पुरा काम सकेपछि तेस्रो किस्ता उपलब्ध गराइने उनले जानकारी दिए । ‘पहिले काम गर्न दिन्छौ‌ं, जतिको काम गर्नुहुन्छ त्यही अनुसार रकम उपलब्ध गराउछौं,’ ठाकुरले भने ।

अनुदान रकम पहिलै उपलब्ध गराउँदा कतिपय किसानले काम नगरेको र कार्यक्रमको उदेश्य पुरा नभएको भन्दै काम गरिसकेपछि मात्र रकम उपलब्ध गराउन लागिएको कार्यालयले जनाएको छ । कामको आधारमा प्राविधिकहरु फिल्डमा गएर पुँजिगत र चालु खर्चको लगत स्टमेट गरी प्रमाणित गरेपछि मात्र अनुदान रकम उपलब्ध गराइने बताइएको छ ।

११ स्थानीय तह मध्य चुमनुव्री गाउँपालिका वाहेक अन्य सबै तहबाट किसान छनोट भएका छन् । चुमनुव्री गाउँपालिकाबाट कुनै पनि निवदेन नआएको कार्यालयका प्राविधिक बुद्धि प्रसाद अधिकारीले बताए । छनोट भएका किसानहरुसँग वुधबारदेखि सम्झौता हुने कार्यालयले जनाएको छ । असार मसान्तभित्र किसानले काम सम्पन्न गरिसक्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?