+
+
Shares

४ महिनामा १० अर्ब बढीको धान, चामल आयात

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १८:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको ४ महिनामा धान र चामल आयात १० अर्ब १८ करोड ४९ लाख रुपैयाँ पुगेको छ।
  • गत आर्थिक वर्षको सोही अवधिमा धान र चामल आयात ६ अर्ब ९६ करोड ६७ लाख रुपैयाँ थियो।
  • धान आयात ९ करोड ६९ लाख १३ हजार किलो र बासमती चामल २ करोड २० लाख ८८ हजार किलो भएको छ।

७ मंसिर, काठमाडौं । देशमा धान, चामल आयातमा वृद्धि भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालु आर्थिक वर्षको ४ महिनाको तथ्यांकले १० अर्ब १८ करोड ४९ लाख रुपैयाँ बराबरको धान, चामल आयात भएको देखाएको हो । गत आर्थिक वर्ष २०८१–८२ को सोही अवधिमा ६ अर्ब ९६ करोड ६७ लाख रुपैयाँको धान र चामल आयात भएको थियो ।

यस अवधिमा ९ करोड ६९ लाख १३ हजार किलो धान आयात भएको छ । उक्त परिमाणमा धान आयात हुँदा ३ अर्ब ५९ करोड ९० लाख रुपैयाँ बाहिरिएको छ । यस्तै बासमती चामल २ अर्ब ४४ करोड ८१ लाख ७५ हजार रुपैयाँको २ करोड २० लाख ८८ हजार ४ सय ५० किलो आयात भएको छ ।

अन्य चामल ४ अर्ब ४० लाख रुपैयाँको ६ करोड २८ लाख ८३ हजार २ सय १२ किलो आयात भएको छ । १३  करोड ३२ लाख १९ हजार रुपैयाँको ३२ लाख ५२ हजार ७ सय ८५ किलो कनिका आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?