+
+
Shares

सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २६ गते १८:५७

२६ चैत, काठमाडौं । सिद्धार्थ बैंकले नेपाल आँखा अस्पताललाई साढे तीन लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले अस्पतालको ४५औं वार्षिक उत्सवको सन्दर्भ पारेर नेपाल आँखा अस्पताल त्रिपूरेश्वरलाई १५०जना मोतियाबिन्दु रोगीहरुको उपचारका लागि तीन लाख ७५ हजार सहयोग गरेको हो ।

आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने योजना रहेको बैंकले जानकारी गराएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६० एटीएम र एक हजार २ सय भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?