Comments Add Comment

कोरियाली युवतीहरुको यो गीतले ग्यङनम स्टाइललाई कसरी उछिन्यो ?

१२ करोड ६७ लाख २३ हजार पटक हेरिए

भनिन्छ, संगीतको कुनै भाषा हुँदैन । यो भनाईलाई पुष्टि गरिदियो केही बर्षअघि भइरल भएको गीत ‘ग्यङनम स्टाइल’ले । दक्षिण कोरियाई पप स्टारले गाएको यो गीतले के भन्छ ? सायद धेरैले बुझेनन् । तर, गीत सुन्न र हेर्न भने लालयित भए । त्यही कारण त पप स्टार ‘साई’ले गाएको यो गीतले विश्व पिट्यो । युट्युबमा सर्वाधिक बढी हेरिने भिडियोमा यसले नम्बर वान रेकर्ड बनायो ।

अहिले पनि यस्तै अर्को गीत आएको छ । उक्त गीत दक्षिण कोरियाई पप ब्यान्डको हो । ब्यान्डको नाम हो, ब्ल्याकपिंक । यस ब्यान्डको एउटा गीतले अहिले युट्युबमा तहल्का पिटेको छ ।

ब्ल्याकपिंकको गीत हो, ‘किल दिस लभ’ । यो गीत कति तिब्र रफ्तारमा हिट भयो भने युट्युबमा अपलोड भएको दुई दिनमा ग्यङनाम स्टाइलको रेकर्ड तोड्यो । यो गीतको भिडियो २४ घण्टामा ५६ दशमलव ७ मिलियन पटक हेरियो, युट्युबमा । अहिलेसम्म यो गीत १२ करोड पटकभन्दा बढी हेरिएको छ ।

यस गीतले एक दिनम सबैभन्दा बढी पटक हेरिएको अरियना ग्रान्देको ‘थ्यांकयु’ गीतको रेकर्ड पनि तोडिदियो ।

२४ घण्टाभित्र सबैभन्दा बढी हेरिने गीत

-ब्ल्याकपिंक (किल दिस लभ) -५६ दशमलव ७ मिलियन भ्युज

-अरियाना ग्रान्दे (थ्यांक यु नेक्सट ) – ५५ दशमलव ४ मिलिनय भ्युज

-बीटीएस (आइडल) – ४५ दशमलव ९ मिलियन भ्युज

-टेलर स्विफ्ट (लुक ह्वाइट यु मेड मी डू) – ४३ दशमलव २ मिलियन भ्युज

-एनिमेम (किलशट)- ३८ दशमलव १ मिलियन भ्युज

सन् २०१६ मा स्थापित भएको ब्यान्ड हो, ब्याल्याकपिंक । यो ब्यान्डका सम्पूर्ण सदस्य युवतीहरु छन् । यसमा जीसू, जेनी, रोज र लिसा सम्मिलित छन् । यस ब्यान्डले सेप्टेम्बर २०१६ मा स्क्वायर वन नामको आफ्नो पहिलो एल्बम जारी गरेको थियो । यो एल्बम कोरियामा एकदमै रुचाइएको थियो ।

सन् २०१८ मा यस ब्यान्डले ‘डु डु डु डु’ गीत सार्वजनिक गरेको थियो, जो दक्षिण कोरियामा युट्युबमा सर्वाधिक हेरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment