+
+
Shares

धरानमा बस दुर्घटना, ४ जनाको मृत्यु, ३५ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २५ गते १९:४८
Photo Credit : कुशल लिम्बुको फेसबुकबाट

२५ चैत, काठमाडौं । सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ३५ जना घाइते भएका छन् ।

धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा बेक फेल भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा मृत्यु हुनेमा चालक चक्रबहादुर गुरुङ, यमकुमारी मगर, उनकी ५ महिने छोरी डेनी मगर र बलबहादुर मगर रहेका छन् । घाइतेहरुको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?